नेपाल पर्यटन बोर्डको आम्दानीको रुपमा रहेको विदेशी यात्रुहरूसँग उठाउँदै आइरहेको पर्यटन सेवा शुल्क खारेज हुने भएको छ ।
पर्यटन बोर्डले विदेशी पर्यटकसँग चर्को सेवा शुल्क उठाएको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले प्रश्न उठाए पछि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालबाट विदेश उड्ने पर्यटकसँग टिकटमै जोडेर उठाउने सेवा शुल्क हटाउन अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन (आइटा)लाई पत्राचार गर्ने भएको छ ।
आइटाले पर्यटन सेवा शुल्कको कोड हटाएपछि बोर्डले विदेशी यात्रुसँग पर्यटन सेवा शुल्कबापत पैसा उठाउन नपाउने भएको हो ।