
बैंकहरुले होटल क्षेत्रमा आफ्नो लगानी बढाउदै गएका छन् । पछिल्लो ६ वर्षमा होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०१.७१ प्रतिशतले बढेको छ ।
सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख विदेशी पर्यटक भित्राउने घोषणा गरेसँगै होटलहरुमा स्वदेशी र विदेशी दुबै लगानी बढेको हो ।
सन् २०२० मा होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब १३ अर्ब ८९ करोड लगानी गरेका थिए । सन् २०२१ मा १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ थियो । यो सन् २०२० को तुलनामा २८ प्रतिशतले बढी हो ।
त्यस्तै सन् २०२२ को यस अवधिसम्मा १ खर्ब ६० अर्ब ३१ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् । जुन सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले बढी हो ।
त्यसैगरी सन् २०१९ मा ९१ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । सन् २०१८ को तुलनामा यो ३५.१ प्रतिशतले बढी थियो ।
सन् २०१८ मा ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी थियो भने सन् २०१७ मा कर्जा लगाानी ५० अर्ब ९२ करोड र सन् २०१६ मा होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३९ अर्ब ९० करोड रुपैयाँमा सीमित थियो ।