
नेकपा माओवादी केन्द्रले पर्यटन क्षेत्रका लागि रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन भन्ने नारा सहित आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
सोमबार चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले कोभिड महामारी लगायतका प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत र विकास गरी नेपाल भ्रमण वर्ष घोषणा गर्दै उक्त कार्यक्रममार्फत् ३० लाख विदेशी पर्यटकहरू भित्रने आधार तयार गरिने प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ ।
प्रतिवद्धतापत्रमा पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्धन गरी दिगो पर्यटनको आधार तयार गरिने, भारतको राम जन्मभूमि र नेपालको जनकपुर, पशुपतिनाथ, स्वर्गद्वारी र हलेसीको हिन्दु सर्किटको भौतिक विकास र सुधार गरी विश्वभरिका हिन्दुहरूको धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने, नेपालको बुद्ध जन्मभूमि लुम्बिनीदेखि बुद्धको ज्ञानप्राप्ति भएको भारतको बोधगया र महापरिनिर्वाण भएका स्थानहरू जोड्ने बौद्ध सर्किटको प्रवद्र्धन गर्नुका साथै लुम्बिनीदेखि काठमाडौँंको फर्पिब पद्मसम्भव गुफा, स्वयम्भू, बौद्ध र नमोबुद्ध जोड्ने बौद्ध सर्किटको विकास गरी विश्वभरिका बौद्धहरूको धामिर्क पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गरिने लगायतका प्रतिवद्धता उल्लेख गरिएको छ ।