सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ह्याप्पी आवर क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ ।
मंगलबार आयोगले २७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सिंहसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले क्यासिनोमार्फत विदेशी मुद्रा (भारतीय रुपैयाँ र अमेरिकी डलर)को अवैध कारोबार, जुवालगायतका कसुरसमेतबाट आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोतको तहतहमा रूपान्तरण, परिवर्तन, छल्ने, बदल्ने, हस्तान्तरण गर्ने समेतका निषेधित काम गरेको ठहर छ ।
ह्याप्पी आवर क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहले भैरहवा, झापा, नेपालगन्ज र धनगढीमा क्यासिनो सञ्चालन गर्दै आएका छन् ।