२०७९ मंसिर १, बिहीबार | २०८१ माघ ४ | [email protected]

मरणोपरान्त अंगदान गर्ने पर्यटन मन्त्री श्रेष्ठको घोषणा

२०७९ मंसिर १, बिहीबार

मरणोपरान्त अंगदान गर्ने पर्यटन मन्त्री श्रेष्ठले घोषणा गरेका छन्।

मन्जुरीनामा पत्रमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अंग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अंगदानको घोषणा गरेका छन्।

मन्त्री श्रेष्ठले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मन्जुरीनामा पत्रमा हस्ताक्षर गरेका छन्।

‘मेरो मृत्युपश्चात् मेरो शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा झिकी मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याक्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मञ्जुरी भएकोले मानव शरीरको अंग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा ९१० को खण्ड ९ख० बमोजिम जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखि दिएको छु।’ मञ्जरीनामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख