२०७९ मंसिर १६, शुक्रबार | २०८१ माघ ७ | [email protected]

अब रेष्टुरेण्टहरू रातको १२ बजेसम्म खोल्न पाइने

२०७९ मंसिर १६, शुक्रबार

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मदिरा पसल, रेष्टुरेण्ट, बार तथा दोहोरी साँझ र नाइट क्लबहरुको खुला गर्ने समयमा परिवर्तन गरेको छ ।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रेष्टुरेण्ट, बार तथा दोहोरी क्लब र नाइट क्लबहरुको खुला गर्ने समयमा परिवर्तन गरेको हो ।

प्रशासन कार्यालयका अनुसार काठमाडौं जिल्लामा सञ्चालित रेष्टुरेण्टहरू अब रातको १२ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि रातको १० बजेसम्म मात्रै खोल्न पाईन्थ्यो ।

यस्तै मदिरा पसलहरू राती १० बजेसम्म खुला गर्न पाइने भएको छ । डान्स बार, दोहोरी रेष्टुरेण्ट, लाउन्ज, पब र बारहरु बिहानको २ बजेसम्म खुला गर्न दिने, डिजेसहितको नाइट क्लब भने बिहानको ४ बजेसम्म खुला राख्न दिने निर्णय भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख