२०७९ पुष १, शुक्रबार | २०८१ माघ ४ | [email protected]

अङ्ग्रेजी नयाँ वर्षमा रेवानले पोखरामा सडक महोत्सव गर्ने

२०७९ पुष १, शुक्रबार

रेष्टुराँ एण्ड बार एसोसिएसन ९रेवान० पोखराले अङ्ग्रेजी नयाँ वर्षमा फेवाताल किनारमा सडक महोत्सव गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले रेवान पोखराले २४ औँ संस्करणको सडक महोत्सव गर्न लागेको हो ।

महोत्सव आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखि खहरे हुँदै जरेवरसम्मको तीन किमी क्षेत्रमा हुने रेवानका अध्यक्ष नरेश भट्टराईले बताए । करिब चार लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा होटल सङ्घ पोखराले होटलका कोठामा २० प्रतिशत छुट दिने भएको छ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रर्दशन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, ‘वेटर रेस’, ‘टग अफ वार’ र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिने आयोजक रेवान पोखराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख