
राष्ट्रिय योजना आयोगले आन्तरिक हवाई सेवा कम्पनीले भाडादरमा गरेको कार्टेलिङको अध्ययन थालेको हो।
हवाई कम्पनीको कार्टेलिङको अध्ययन गर्न आयोगका सदस्य डा. रामकुमार फुयालको नेतृत्वमा कमिटी बनेको छ। यो कमिटी गत असार महिनामै गठन भएको हो।
हवाई क्षेत्रले सेवाग्राहीलाई भाडादरमा गरेको अत्याचार बढेपछि राष्ट्रिय योजना आयोगले अध्ययन थालेको हो। हवाई सेवा कम्पनीहरुले तोकिएको समयमा उडान नभर्ने, उडान समय सर्दा पनि कम्पनीले सेवाग्राहीलाई जानकारी नदिने जस्ता काम गदै आएका छन्