अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानीमा पहिलो पटक बस पुगेको छ । जिप र मोटरसाइकलमा मात्र पुग्न सकिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो ।
केही दिनअघि पोखरा यातायात प्रालिको यात्रुवाहक मिनीबस आन्तरिक पर्यटक लिएर घोडेपानी आएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजा पुनले जानकारी दिए ।
‘सडक सञ्जालमा जोडिएको तीन वर्षपछि घोडेपानीमा पहिलोपटक यात्रु बोकेर बस गएको हो । घोडेपानी घुम्नका लागि अब बस चढेर जान सकिने भएको छ ।