गैँडाकोट–१ स्थित ऐतिहासिक महत्त्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिर जाने केबलकार निर्माण अन्तिम चरणमा पुगेको छ ।
निर्माण कम्पनी मौलाकाली केबलकार प्रालिले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जाने केबलकार फागुन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारी रहेपनि कोरोनालगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ ।