२०७९ पुष ४, सोमबार | २०८१ माघ ४ | [email protected]

चितवनका दुई होटल व्यवसायी संघ बीच एकता

२०७९ पुष ४, सोमबार

चितवनका दुई होटल व्यवसायी संघ बीच एकता भएको छ । आईतबार चितवनको नारायणगढमा कार्यक्रम गर्दै होटल व्यवसायी संघ चितवन र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनबिच दुबै पक्षले एकिकरण भएको घोषणा गरेका छन् ।

आापसी मतभेद्को कारण करिब ४ बर्ष अगाडि होटल व्यवसायी संघ चितवनबाट होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवन टुक्रिएकोमा अहिले फेरि दुई वटा संघले एकिकरण भएको घोषणा गरेका हुन् ।

एकिकरण पश्चात दुबै संघका अध्यक्षले साविक कार्यसमिति भंग भएको घोषणा गरेका छन् । विघटन पश्चात २९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसको अध्यक्षमा केशव हड्खोले, उपाध्यक्षमा यज्ञ बहादुर कार्की, महासचिव सुरेन्द्र केसी, सचिव भवानी खनाल, कोषाध्यक्ष राजकुमार श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ रहेका छन् ।

यस्तै कानुनी सल्लाहकार ३ जना रहेका छन् साथै ९ वटा इकाइ पनि रहेका छन् ।

विघटन पश्चात बनेको तदर्थ समिति होटल व्यवसायी संघ चितवन २०५३ को विधानमा रहने र २०८० को जेठ सम्ममा साधारण सभा गरिसक्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित ख