
पर्यटन क्षेत्रमा सक्रिय पर्यटन श्रमिक संघसंगठनहरुको संस्था संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) ले एनएमए, टान र नाट्टासंग भएको मागपत्रमा कुनै चासो नदिएको भन्दै पुन ध्यानाकर्षण गराएका छन् ।
फोरमले नेपाल पर्वतारोहण संघ (एनएमए), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लाई मागपत्र राखेको लगभग ५ महिना बिती सक्दा पनि कुनैपनि प्रकारको चासो नदेखाएको भन्दै पुन ध्यानाकर्षण पत्र पठाएको छ ।
बुझाएको ध्यानाकर्षण पत्रमा ७ दिन भित्र पनि कुनै सुनुवाई नभए कानुनी प्रक्रिया बमोजिम तीन संघसस्था विरुद्ध चरणवद्ध आन्दोलन र तालाबन्दी गर्न जोटुफ वाध्य हुने र त्यसबाट हुन सक्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्षतिको जिम्मेवारी स्यम संघसस्था हुने उल्लेख छ ।