२०७९ पुष १५, शुक्रबार | २०८१ माघ २९ | [email protected]

पर्यटकलाई नगरकोटसम्म डोर्‍याउने गीत ‘घुम्न आउनु नगरकोट’ बजारमा (गीत सहित)

२०७९ पुष १५, शुक्रबार

नगरकोटका पयर्टकीय स्थलहहरूको जानकारी तथा पर्यटकलाई नगरकोटसम्म डोर्‍याउने गीत घुम्न आउनु नगरकोट सार्वजनिक भएको  छ ।

काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय पर्यटकीय स्थलको रूपमा रहेको नगरकोटको प्राकृतिक सौन्दर्य रहनसहन र परम्परालाई चाहना ब्लोन तामाङले गीतमा उतार्नुभएको छ ।

तामाङको शब्द, लोकदोहरी गायिका देवी घर्ति मगर र गायक मौसम गुरूङको स्वर रहेको सो गीतमा नगरकोटका पर्यटकीय गन्तव्यहरु समाहित रहेका छन् ।

समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोट गर्मी मौसममा पनि चिसो वातावरण हुने यस ठाउँबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख