भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्कमा वृद्धि गरेको छ ।
अमेरिकी डलरको भाउ बढेको भन्दै नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी वृद्धि गरेको हो ।
नगरपालिका क्षेत्रभित्र प्रवेश गर्ने गैर सार्क पर्यटकलाई १५ अमेरिकी डलर यथावत राखिएको छ । सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका पर्यटकसँग
१ एक हजार ५ सय लिँदै आएकामा अब जनही १ हजार ८ सय कायम गरिएको छ ।