
होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय सदस्यमा रमेश कुमार बराल सर्वसम्मत निर्वािचत हुनुभएको छ ।
चितवनको भरतपुरमा बुधबार सम्पन्न होटल व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो महाधिवेशनबाट बराल महासंघको केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचत हुनुभएको हो ।
बराल होटल तथा पर्यटन व्यवसायी संघ, नेपाल बागमती प्रदेशको कोषाध्यक्ष तथा कलंकी होटल एण्ड गेष्ट हाउस एसोसियशनको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
होटल तथा पर्यटन क्षेत्रमा सक्रिय बराल काठमाडौँ कलंकी स्थित न्यु मौलाकालिका गेष्ट हाउसका सञ्चालक हुनुहुन्छ ।