
पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना आगामी माघ २७ देखि २९ गतेसम्म नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट गरिने भएको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै वेष्टर्न ट्राभल मार्टका संयोजक श्रीराम सिग्देलले पश्चिम नेपालको पर्यटकीय क्षेत्रको प्रचार गर्नका लागि ट्राभल मार्ट गर्न लागिएको बताए । उनले भारतका पर्यटन ब्यवसायीहरु ट्राभल मार्टमा आउँने र हामीले उहाँहरुलाई पर्यटकीय गन्तब्यहरुमा लैजान सकियोस्, चिनाउन सकियोस् भन्ने मार्टकाे उदेश्य रहेकाे बताए ।
मार्टमा आउने पाहुनालाई पर्यटनसम्बन्धी स्टलदेखि यस क्षेत्रका धार्मिक एवं पर्यटकीय गन्तव्यको भ्रमण, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदीमा र्याफटिङ, रारा यात्रा रमाउण्टेन फलाइट गराउने तयारी भएको अध्यक्ष सिग्देलले बताए ।