
बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर भ्रमण गर्ने धार्मिक पर्यटक बढेका छन् । बुधबार गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७औं कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९र८० को पहिलो पाँच महिनाको अवधिमा पर्यटकले चढाएको भेटीबाट तीन करोड ३७ लाख ६ सय ४५ आम्दानी भएको छ ।
कोषका अनुसार कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सो अवधिमा २० लाख दुई हजार खर्च भई तीन करोड १६ लाख ९७ हजार बचत भएको जनाइएको छ ।