
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटना भएको छ ।
काठमाडौं विमानस्थलबाट बिहान १०ः३२ बजे उडेको यती एयरलाइन्सको एटिआर–७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त नदीको खोंचमा दुर्घटनामा परेको यती एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सका अनुसार जहाजमा चालक दलका ४ जना सदस्य सहित ६८ जना यात्रुहरु सवार रहेका छन्। ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेंटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।
विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसंग १० : ५० बजे सेती खोच भन्ने स्थानमा रहेको र दुर्घटनामा ६८ जनाको शव फेला परेको यती एयरलाइन्सले जनाएको छ ।