आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटनाको शोकमा यती एयरलाइन्सको सोमबारका लागि निर्धारित गरिएका सम्पूर्ण नियमित उडानहरु रद्द गरिएको छ ।
एयरलाइन्सले आईतबार एक सूचना प्रकाशित गर्दै विमान दुर्घटनाको शोकमा यती एअरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउनु भएका यात्रुहरुको शोकमा भोलि मिति २०७४ माघ २ गते तदनुसार १६ जनवरी २०२३ लागि निर्धारित गरिएका यती एअरलाइन्सका सम्पूर्ण नियमित उडानहरु रद्द गरिएको जानकारी गराउँदछौं । तथापि, आपतकालीन र उद्दारका उडानहरु भने सुचारु हुनेछ । भनिएको छ ।
आईतबार यती एयरलाइन्सको एटिआर–७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको कास्की प्रहरीले जनाएको छ ।