
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक पूर्णप्रसाद चुडाललाई साढे ९ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।
सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले चुडाललाई उनकै कार्यकक्षबाट पक्राउ गरेको हो। चुडाले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास उपलब्ध गराएर सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग साढे १ लाख रूपैयाँ मागेका थिए।
घुस मागेको भन्ने सूचना पाएपछि अख्तियारको टोलिलेले उनको कार्यकक्ष खानतलासी गर्दा स्रोत नखुलेको ८ लाख रुपैयाँ बरामद गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।