विदेशी पर्यटकले रूचाएको रसुवाको तामाङ हेरिटेज ट्रेल यतिबेला मर्मतको पर्खाइमा छ ।
तामाङहरुको मौलिक सँस्कृति, पहिचानको अवलोकनसँगै विभिन्न हिमालहरु अवलोकन गर्न सकिने उत्त ट्रेलको मर्मत र साइनबोर्ड नहुँदा पर्यटकहरू झुक्किने गरेको व्यवसायीहरू बताउँछन् ।
ट्रेलको रुपमा रहेको स्याफ्रु, गत्लाङ, तातोपानी, नागथली, थुमन, टिमुरे र वृद्धिमका पर्यटन व्यवसायीहरुले मर्मत र साइनबोर्ड राखि प्रचारप्रसारमा जोड दिन तिनै तहका सरकारसंग माग गरेका छन् ।
९ दिनमा पुरा गर्न सकिने तामाङ हेरिटेज ट्रेल काठमाडौंको माछापोखरी देखि सुरु भई स्याफ्रु, गत्लाङ, तातोपानी, नागथली, थुमन, टिमुरे र वृद्धिम हुदै काठमाडौँ आएर समापन हुने गर्दछ ।