२०७९ माघ २७, शुक्रबार | २०८१ चैत्र ८ | [email protected]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको आरोपमा निलम्बित

२०७९ माघ २७, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको आरोपमा निलम्बनमा परेका छन् ।

थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ठाकुरलाई घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट निलम्बन गरिएको प्रवक्ता राजेन्द्र कुमार केसीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख