२०७९ फाल्गुन ६, शनिबार | २०८१ मंसिर ६ | ourtourismnews@gmail.com

पर्सा राष्ट्रिय निकुञ्ज : पर्यटकका लागि आकर्षक गन्तव्य

२०७९ फाल्गुन ६, शनिबार

पर्सा राष्ट्रिय निकुञ्ज मधेश प्रदेशको एक मात्र निकुञ्जको रुपमा रहेको छ । मधेश प्रदेश र बागमती प्रदेशको  पर्सा, बारा, चितवन र मकवानपुर जिल्लाको संगम स्थलमा पर्सा राष्ट्रिय निकुञ्ज रहेको छ। पर्सा राष्ट्रिय निकुञ्ज २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रूपमा स्थापना भएको हो । पहिले वन्यजन्तु आरक्षको रूपमा मात्रै रहेको आरक्ष क्षेत्र २०७४ पछि राष्ट्रिय निकुञ्जमा परिणत भएको हो । यो निकुञ्ज ६ सय २७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । ५०० देखि ९५० मिटरसम्म अग्लो चुरे पर्वतले यसको सबैजसो भूमि ढाकेको छ । यस निकुञ्ज भावर प्रदेश भएको कारण भौगोलिक बनौट छुट्टै प्रकारको रहेको छ । निकुञ्ज भित्र पर्ने नदीनाला सुख्खा देखिन्छन् भने पानी सतह मुनिबाट बग्ने गरेको छ । यस निकुञ्जमा चुरेको उच्च भागमा सल्लाका रूखहरू पाइए तापनि ९० प्रतिशत भूमि सालको जंगलले ढाकेको छ र राप्ती नदीको छेउछाउमा सिसौ र खयरका रूखहरू पाइन्छन् । यहाँ पाइने जनावरहरूमा जंगली हात्ती, पाटेबाघ, चितुवा, जरायो, घोडगधा, बँदेल, गौरीगाई आदि हुन् । साथै झण्डै तीन सय प्रजातिका चराचुरुंगीहरु यस निकुञ्जभित्र रहेका छन् ।

पर्यटकका लागि आकर्षक

पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि आकर्षण भनेको रमणीय तालतलैया, जंगल र दुर्लभ जीवजन्तु रहेको छ । प्राकृतिक धार्मिक र साँस्कृतिक विविधताले भरिएको निकुन्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिर जस्ता धार्मिक स्थलहरु छन । कामिनी दह, हलखोरिया दह र लौकी दह जस्ता प्राकृतिक तथा मनोरम दहहरुले पर्यटकका लागि आकर्षक गन्तब्य हुन् । यसका साथै दुर्लभ वन्यजन्तु र चराचुरुंगीको बाक्लो उपस्थितिले निकुन्ज घुम्न आउँने पर्यटकलाई मोहीत बनाउँछ । निकुन्जभित्र दुर्लभ वन्यजन्तु पाटे बाघ, रैथाने हात्ती, एकसिंगे गैँडा, भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नील गाई, गौरीगाईलगायतका जनावरहरु पर्यटकले देख्न पाउँछन् । निकुञ्जको जंगलभित्र एक दर्जन भ्यु टावर छन् यहाँबाट पनि अवलोकन गर्न सकिन्छ । पर्यटकलाई जंगल सफारी गर्न गाडि तथा निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएको छ।

कसरी पुग्ने पर्सा राष्ट्रिय निकुञ्ज ?

पर्सा राष्ट्रिय निकुञ्ज पुग्न काठमाडौँ र पोखराबाट प्लेनमा सिमरा विमानस्थल भएर सजिलै पुग्न सकिन्छ । यसका अलवा त्रिभुवन राजपथमा पर्ने निकुञ्ज पुग्न विभिन्न ठाउँहरुबाट निजि तथा भाडाको गाडि चढेर सजिलै पुग्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख