२०७९ फाल्गुन ८, सोमबार | २०८१ कार्तिक २१ | ourtourismnews@gmail.com

पर्यटन कार्यालय बाँकेका निर्देशक दिपक बहादुर बुढाथोकीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७९ फाल्गुन ८, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार विशेष अदालत काठमाडौंमा पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकी, सब इन्जिनियर ललनकुमार मण्डल र उपभोक्ता समितिका अध्यक्ष दिपेश महताराविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले उनिहरुविरुद्ध १ लाख ५६ हजार ५ सय ५३ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको जनाएको छ ।

यस्तै, खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रावत र सचिव वीरबहादुर बुढाविरुद्ध १ लाख ५६ हजार ५ सय ५३ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको छ । खप्तड लसके खानेपानी योजनाको अनुगमन समितिका संयोजक ज्ञानबहादुर शाहीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख