२०७९ फाल्गुन १३, शनिबार | २०८१ कार्तिक १७ | ourtourismnews@gmail.com

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको को बन्ला अबको अध्यक्ष ?

२०७९ फाल्गुन १३, शनिबार

बागमती प्रदेशका होटल व्यवसायीहरुको छाता संगठन होटल तथा पर्यटन व्यवसायी संघ नेपाल को दोस्रो अधिवेशन फागुन १६ र १७ गते हुदै छ ।

मकवानपुरको चित्लाङमा हुन लागेको सभाले नयाँ कार्यसमिति चयन समेत गर्ने भएको छ। विगतमा जस्तै यस वर्ष पनि नयाँ कार्यसमिति चयन अर्थात निर्वाचन हुने साधारणसभाको चर्चा खासै चलेको देखिएको छैन् । अध्यक्ष लगायतका महत्त्वपूर्ण पदका लागि इच्छुकले खुलेर दाबी नगरेकाले बिगतको भन्दा कार्यसमिति केहि फरक आउने सम्भावना देखिएको छ ।

बहालवाला अध्यक्ष सन्तोष उप्रेति होटल व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको कारण पनि उहाँ अध्यक्षमा पुन नदोहोरिने हुनुभएको छ । हालका कार्यसमितिका धेरै पदाधिकारीहरु महासंघको केन्द्रीय तहमा पुगेका कारण पनि प्रदेशमा नआउने सम्भावना रहेको चर्चा चलेको छ ।

हाल अध्यक्षको चर्चा चलेका मध्ये एक हुन उमेश सुवेदी । उनी होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको बहालवाला वरिष्ठ उपाध्यक्ष हुन । नेपाली होटल व्यवसायी संघको ६ वटा कार्यकालको अनुभव बटुलेका सुवेदीले अध्यक्ष पदमा चर्चा चलेपनि मुख खोलेका छैनन् । होटल व्यवसायी महासंघ नेपालको चौथो महाधिवेशनवाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनी पुन प्रदेशमा नआउने चर्चा चलेको छ ।

यस्तै अध्यक्ष पदमा चर्चा चलेका अर्का व्यक्ति हुन निप्पु सर्राफ । उनी होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको बहालवाला उपाध्यक्ष हुन । स्थापना काल देखि नै संघमा सक्रिय भूमिकामा रहेका सर्राफको अध्यक्ष पदमा चर्चा चलेपनि मुख खोलेका छैनन् । धेरै जसोले संस्था प्रति गरेको कामका आधारमा उनलाई अध्यक्षमा मौका दिनुपर्ने चर्चा चलेको छ ।

अध्यक्ष पदमा चर्चा चलेका अर्का व्यक्ति हुन बहालवाला महासचिव दामोदर नेपाल । उनले संघमा खेलेको भूमिका प्रति धेरैको मन जितेका छन् । संघलाई अगाडि बढाउन उनी सक्ष्यम रहेको भन्दै उनलाई अध्यक्ष बनाउनुपर्ने चर्चा पनि चलेको छ । तर उनले अध्यक्ष पद नै चाहिन्छ भनेर मुख खोलेका छैनन् ।

अन्य पदहरुमा भने सहमतिका साथ नयाँ अनुहार आउने लगभग पक्का पक्की जस्तै छ । हालका कार्यसमितिका धेरै पदाधिकारीहरु महासंघको केन्द्रीय तहमा पुगेका कारण पनि प्रदेशमा नयाँ अनुहार आउने छन् । अहिले सम्म अध्यक्ष लगायतका महत्त्वपूर्ण पदका लागि इच्छुकले खुलेर दाबी गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित ख