
सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट दिल्ली यात्राको क्रममा एक सचिवको लगेज, ब्याग तोडफोड भएको घटना सार्वजनिक भएको छ ।
नेपाल एयरलाइन्सको विमानमार्फत सोमबार काठमाडौंबाट भारतको दिल्ली जानेक्रममा आफ्नो ब्यागेज तोडफोड गरिएको अवस्थामा फेला परेको निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्यो। यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला। मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्यो ?’