काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो ।
पाटाद्वारा जारी विज्ञप्तिमा नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रुपमा विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख छ ।
उक्त लक्ष्य हासिल गर्नका लागि पूर्वाधार सुधार, सडक विमानस्थल र अन्ययातायात सुविधाको विकास र स्तरोन्नति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढिकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहनका लागि सरकारले काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।