पदयात्रालाई सुरक्षित बनाउन नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुमा आजदेखि (अप्रिल १) पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) व्यवस्था लागू भएको छ ।
पर्यटन बोर्डमा शनिवार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नुभएको छ ।
पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभुत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्युनिकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली मापदण्ड शुरु गरिएको हो ।
अब पदयात्री एवं पथ प्रदर्शक वा सहयोगिको सुरक्षालाई प्रत्याभुत गर्न पदयात्रामा जाने पदयात्रीका लागि सम्बन्धित कम्पनीले टिप्स अनुमति पत्र लिनुपर्नेछ । कोही पनि समूहमा मिलेर वा एक्लै बिना गाइड जान नपाइने भएको हो । तर हिमाल आरोहण अनुमति पत्र लिइ हिमाल आरोहण जाने आरोहीले टिप्स अनुमति पत्र लिनु पर्नेछैन ।
यि क्षेत्रमा जादा पथप्रदर्शक बिना घुम्न जान नपाइने