२०७९ चैत्र २४, शुक्रबार | २०८१ फाल्गुन ६ | [email protected]

सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र : नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थल बनाइने

२०७९ चैत्र २४, शुक्रबार

सरकारले नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गदै सरकारका प्रवक्ता रेखा शर्माले नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो ।

सरकारले पर्यटन क्षेत्रको लागि नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकसित गर्न, विमानस्थल, हवाई उड्ययन, हिमाली लोकमार्ग जस्ता पूर्वाधारको विकास गर्ने सरकारको प्राथमिकता रहेको छ ।

पर्यटकीय क्षेत्रका होटल, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी लगायतका सेवा प्रदायकहरूको विकास तथा गुणस्तर व्यवस्थित गर्ने, साँस्कृतिक, जैविक एवम् भौगोलिक विविधतालाई पर्यटनको मुख्य क्षेत्रको रूपमा विकास गर्ने, राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रको उचित व्यवस्थापन गर्ने सरकारको प्राथमिकता रहेको छ ।

यस्तै निजगढ विमानस्थल लगायत पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने । हरित पर्यटनको विकास गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने । न्यूनतम कार्यक्रममा समेटेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख