नेपाल सरकारले नेपालगञ्ज विमानस्थलबाट भारतका विभिन्न शहरमा उडानका लागि अनुमति माग्ने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालगञ्ज विमानस्थलबाट भारतका विभिन्न शहरमा उडान अनुमतिका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय गरेको बताउनुभयो ।
तर, भारत भने यसमा सकारात्मक देखिएको छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई भारतले अहिले सम्म एयररुटहरु दिएको छैन । बुद्ध एयरले पोखराबाट भारतको बनारसमा उडान गर्न चाहेको भए पनि अहिले सम्म अनुमति दिएको छैन् ।