
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हटाउने तयारी गरेको छ ।
मन्त्रालयले निगमको व्यवस्थापकिय कमजोरी देखिएको, उडान प्रक्रियाका दौरान पटक पटक लापरबाही गरेको भन्दै सोमबार पुनः देस्रो पटक स्पष्टीकरण सोधेको छ।
पर्यटन मन्त्री सुदन किरातीले सामाजिक सञ्जाल (फेसबुक) मा एक स्ट्टाटस लेख्दै निगमका कार्यकारी अध्यक्षलाई ५ बुँदे स्पष्टीकरण सोधिएको उल्लेख गरेका छन् ।
निगमका कार्यकारी अध्यक्षलाई ५ बुँदे स्पष्टीकरण
१. चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो ? स्पष्ट नभएकोले पुनः स्पष्ट बनाउने ।
२. नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाई भएको सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो ? साथै यसबाट आर्थिक भार के कति पर्न गयो ?
३. काठमाडौं दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाई भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदा हुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो ? यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो ?
४. एयरपोर्टमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले सो लाई नियन्त्रण गर्ने कार्य योजना के कस्तो छ ? पेश गर्ने।
५. म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद बहाली पश्चात टुइनेटर जहाज कति पटक ग्राउण्डेड भयो ? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो ? अब आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनु पर्छ कि पर्दैन ? पेस गर्ने।