
पशुपति क्षेत्र विकास कोषले घोटाला गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले थप अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ।
पर्यटन मन्त्री सुदन किरातीले सामाजिक सञ्जाल (फेसबुक) मा एक स्ट्टाटस लेख्दै यस वर्षको महाशिवरात्रीको अवसरमा संचालित मेलामा सम्झौता विपरित काम भएको र छानविन गर्दा सोझै घोटाला भएको देखिएकोले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरिएको हो।
भेटीघाटी सङ्कलन हुने घ्याम्पो हरायो
पर्यटन मन्त्री सुदन किरातीले पशुपतिनाथ मन्दिर परिसरबाट भेटीघाटी सङ्कलन हुने घ्याम्पो हराएपछि एक छानबिन समिति गठन गरिएको बताउनुभएको छ ।
समितिको प्रतिवेदनको आधारमा थप अनुसन्धान गर्नु पर्ने भएकोले गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई पठाउने बताउनुभयो।