
विमानै चार्टर गरेर १ सय ८१ जना चिनियाँ पर्यटकहरु नेपाल घुम्न आएका छन् ।
बिहिबार नेपाली नयाँ वर्षको अवसरमा हिमालय एयरलाइन्सको चार्टर विमान मार्फत उनिहरु नेपाल घुम्न आएका हुन ।
नेपाल घुम्न आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र नेपालका लागि चिनियाँ राजदूत चेन सङ लगायतले पञ्चेबाजासहित स्वागत गरेका छन् ।
सामाजिक सञ्जाल (फेसबुक) मा एक स्ट्टाटस लेख्दै मन्त्री किराँतीले नयाँ बर्षको आगमन संगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो । महामहिम चेन सोङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद ।
भोलि देखि नयाँ बर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदैछ । मलाई बिश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्ने बताउनुभएको छ ।