२०८० बैशाख १, शुक्रबार | २०८१ चैत्र ७ | [email protected]

आरोहण सिजनको सुरुवातमै सगरमाथामा तीन जना गाइडको निधन, शव निकाल्नै कठिन

२०८० बैशाख १, शुक्रबार

वसन्त ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा तीन जना गाइडको निधन भएको छ ।

बुधबार आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का ३२ वर्षीय तेन्जिङ शेर्पा, २१ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय बादुरे शेर्पाको हिमपहिरोमा परेर निधन भएको हो ।

हिमपहिरोमा परेर मुत्यु भएकाहरुको शव निकाल्ने प्रयास असफल भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । सिम्रिक एयरको हेलीकप्टर परिचालन भए पनि मौसम खराब हुँदा सगरमाथा आधार शिबिरमा हेलीकप्टर जान नसकेको उहाँले बताउँनुभयो ।

इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका उनिहरू ५ हजार ७ सय मिटरको उचाइमा पुग्दा हिमपहिरोमा परेका थिए । स्रोत सोलुएफएम

प्रतिक्रिया

सम्बन्धित ख