२०८० बैशाख १, शुक्रबार | २०८१ माघ ४ | [email protected]

नेपालगञ्ज विमानस्थलबाट कर्णालीका जिल्लामा नियमित उडान भन्दा चार्टर्ड उडान धेरै, सेवाग्राही महङ्गो भाडा तिर्न बाध्य

२०८० बैशाख १, शुक्रबार

नेपालगञ्ज विमानस्थलबाट पहाडि तथा हिमाली जिल्लाहरुमा नियमित हवाई भन्दा चार्टर्ड उडान धेरै हुने गरेको पाइएकाे छ ।

महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनले चार्टर्ड उडान नियमन हवाई भाडा समायोजन सम्बन्धी नेपाल सरकारको २०७३ । ८ । २७ को निर्णयबाट दुर्गम क्षेत्रका विमानस्थलहरूमा नियमित उडान नहुने तर चार्टर्ड उडान मात्रै हुने गरेको देखाएको छ ।

प्रतिवेदनमा यस वर्ष नेपालगञ्ज विमानस्थलबाट पहाडी क्षेत्रमा भएको उडानमध्ये चार्टर्ड उडानको सङ्ख्या ३ हजार ८६५ र नियमित उडानको सङ्ख्या ७९१ हुँदा नियामक निकायबाट प्रभावकारी नियमन हुन नसकेको उल्लेख छ ।

सेवाग्राही महङ्गो भाडा तिर्न बाध्ये

महालेखा परीक्षकको प्रतिवेदनले चार्टर्ड उडान नियमन हवाई भाडा समायोजन सम्बन्धी नेपाल सरकारको २०७३ । ८ । २७ को निर्णय बाट दुर्गम क्षेत्रका विमानस्थलहरूमा नियमित उडान नहुने तर चार्टर्ड उडान मात्र हुँदा सेवाग्राहीले महङ्गो हवाई भाडा तिर्नु परेको हुनाले कम्तीमा ३० प्रतिशत नियमित उडान हुने अवस्था सुनिश्चित गर्ने गरी उडान तालिका स्वीकृत गर्ने गराउने निर्णय भएको देखिन्छ । तथापि निजी विमान कम्पनीहरूले दुर्गममा हालसम्म नियमित उडान प्राय गर्ने गरेको देखिएन प्रतिवेदनमा उल्लेख छ । कर्णालीका जिल्लाका लागि अहिले नेपाल एयरलाइन्स, सिता, समिट र ताराले हवाई उडान गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख