नेपालबाट कोरिया जाने हवाई भाडा महँगो भएको बारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्रम मन्त्रालय मार्फत ईपीएस कोरियालाई पाँच प्रश्न सोधेको छ ।
पर्यटन मन्त्री सुदन किरातीले सामाजिक सञ्जाल (फेसबुक) मा एक स्ट्टाटस लेख्दै कोरिया जाने अत्याधिक महंगो टिकट बारे श्रम मन्त्रालय मार्फत ईपीएसलाई तिन दिन भित्र जवाफ पेस गर्ने गरी ५ प्रश्न सोधिएको बताउनुभयो ।
५ प्रश्न
१, ईपीएस बाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो ?
२, प्रति व्यत्ति नाफा कति आउँछ ?
३, कति प्रतिशत बढाउन पाउने नियम छ ?
४,कोरियन एयरलाइन्सले अहिले सम्म एकलौटीकति यात्रु बोके ?
५, समग्रमा अहिले सम्मको टिकटको बजेट कति हुन आउँछ रु ६,कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मुल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ कोरियन एयरलाइन्सले किन अत्याधिक भाडा लिएको ?