
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रबन्धकदेखि सहायकसम्म गरी १ सय भन्दा बढी पदका लागि आवेदन माग गरेको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९\८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदमहरूमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पद पूर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भए अनुसार कर्मचारी माग गरेको हो ।
प्राधिकरणले सूचना प्रकाशित भएको २१ दिन भित्रमा उल्लेखित पदहरूमा आवेदन दिन सकिने जनाएको छ ।