
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पछि लुम्विनीको पर्यटन क्षेत्रमा कायापलट हुन्छ भन्ने पर्यटन व्यवसायी यति बेला निराश बनेका छन् ।
२०७९ जेठ २ कुवेतको जजिरा न्यारोबडी विमाले पहिलो व्यावसायिक उडान गरेको भए पनि हाल बन्द गरे पछि पर्यटन व्यवसायीहरूले सरकारी आसमा परेर लगानी गरेका लगानीकर्ता लिलामीको तरखरमा रहेको बताएका छन् ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका सदस्य दिपेश गुप्ताले सामाजिक सञ्जाल (फेसबुक) मा एक स्ट्टाटस लेख्दै भनेका छन् “गौतम बुद्ध विमानस्थलको आस देखाएर निजि क्षेत्रलाई लगानी गर्न प्रेरित गर्ने र यसको संचालनको लागि कुनै कुटनैतिक पहल नगर्ने विषयमा नाट्टा लुम्बिनीले गम्भिर रुपमा सबै निकायलाई ध्यानाकर्षण गराउन चाहान्छौ ।
सरकारी आसमा परेर लगानी गरेका लगानीकर्ता लिलामीको तरखरमा रहेको बारे दिन प्रतिदिन समाचार बाहिर आउन सुरु गर्दैछन् यस तर्फ सबैको सामूहिक पहल र खबरदारी गर्दै शीघ्र रुपमा भैरहवा दिल्ली र अन्य गन्तव्यहरुमा उडान हुनु पर्ने माग गरौ । राज्य र निजि क्षेत्रको खरबौ लगानी जोगाउन सबै निकाय सामूहिक रुपमा सहभागी बनौ ।
यसको लागि नेपाल एयरलाईन्सलाई जुन बिधि र पद्दती अपनाएर भएपनि उडान गर्नुपर्नेमा सम्बन्धित निकाय लाग्नु पर्ने आवाज बुलन्द गरौ । यस अभियानलाई पत्रकार महासंघ लुम्बिनी प्रदेश, सबै व्यावसायिक संघ संस्थाका प्रदेश जिल्ला नगर संघहरु साथै सम्पूर्ण नागरिकहरुले साथ दिनुहुनेछ भन्ने आसा विश्वास गर्दछौ ।”
“नेपाल एयरलाईन्सको भैरहवा( दिल्ली उडान यथाशीघ्र गर १”