२०८० जेष्ठ ३, बुधबार | २०८१ कार्तिक २२ | ourtourismnews@gmail.com

बागमती प्रदेशका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि पत्रकारहरुको अवलोकन भ्रमण

२०८० जेष्ठ ३, बुधबार

हरिराम भेटुवाल

बागमती प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा प्रचार प्रसार गर्न पत्रकारहरूको टोली भ्रमणमा निस्किएका छन् ।

बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासंघ बागमती प्रदेशको सम्वन्यमा पत्रकारहरूको टोली बुधबार हेटौंडाबाट भ्रमणमा निस्किएका हुन् ।

मन्त्रालयले “घुमफिर वर्ष २०७९/८० सफल पारौँ ” भन्ने मुल नाराको साथ प्रदेश अन्तर्गतका जिल्लाहरुमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि पत्रकारहरुलाइ अवलोकन भ्रमण गराइएको हो ।

मन्त्रालयका निमित्त सचिव राधाकृष्ण खतिवडाले भ्रमणमा सहभागी टोलीलाई बिधाई गदै ‘बागमती प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरि प्रदेश सरकारको लगानीमा सम्पन्न भएका योजनाहरुको पनि समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।’

यस्तै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले पत्रकारहरुको भ्रमणले पर्यटकीय क्षेत्रको प्रचारका साथै प्रदेश सरकारको आर्थिक सम्वृद्विमा टेवा पुग्ने बताउनुभयो ।

भ्रमणमा निस्किएको टोलिले पहिलो दिन थाहा नगरपालिका वडा नम्बर ९ मा अवस्थित चित्लाङमा रहेका स्थानीय होटल, होमस्टे, पर्यटन व्यावसायीसँग पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा प्रचार प्रसारको विषयमा छलफल गरेका छन् ।

भ्रमणमा रहेको टोलिले अब रसुवा र धादिङका पर्यटकीय क्षेत्रको भ्रमण गर्ने नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले जानकारी दिए। भ्रमण टोलिमा बागमती प्रदेशका १३ जिल्लाका पत्रकारहरु सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित ख