२०८० जेष्ठ ५, शुक्रबार | २०८१ माघ २९ | [email protected]

खुल्यो निःशुल्क जलयात्रा गाइड तालिम, यसरी दिनुहोस् आवेदन

२०८० जेष्ठ ५, शुक्रबार

नेपाल एसोसियसन अफ याफ्टिङ्ग एजेन्सीज (नारा) ले निःशुल्क जलयात्रा गाइड तालिमका लागि दरखास्त आव्हान गरेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहलगानिमा सञ्चालित “जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना” संगको साझेदारिमा नाराले दरखास्त आव्हान गरेको हो ।

नाराले दरखास्त दिने अन्तिम मिति २०८० जेठ २० गते र जेठ २५ गतेदेखि तालिम सञ्चालन गर्ने गरी इच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान गरेको हो । तालिम दुई हप्ता चल्ने जनाएको छ ।

कर्णाली नदीमा हुने तालिमका लागि भेरी, कर्णाली, कालीगण्डकी, तमोर, सुनकोशी, एवं त्रिसुली, नदी क्षेत्रका माझी, राँजी, बोटे, कुमाल लगाएत सिमान्तकृत तथा पिछडिएको वर्गका महिलालाई विशेष प्राथमिकता दिदै ४० जना माग गरिएको छ ।

तालिमका लागि दरखास्त फारमका साथमा २ प्रति पासपोर्ट साइजको फोटो, नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी अनिवार्य पेश गर्नुपर्ने छ ।

कम्तीमा SLC/SEE वा सो सरह उत्तिर्ण, Rafting कम्पनीमा काम गरेको अनुभव हुनुपर्ने र पौडि खेल्न जान्ने ले नेपाल एसोसियसन अफ र‍याफ्टिङ्ग एजेन्सीज (नारा), पकनाजोल, काठमाडौंमा सम्पर्क गरी दरखास्त दिन सक्ने जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख