
लुम्विनी प्रदेश रकारले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख बजेट ल्याएको छ ।
शुक्रबार आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट विनियोजन गरेको बताएका छन् ।
बजेटमा पर्यटन क्षेत्रका मुख्य कार्यक्रमहरु समेटिएका छन् । सरकारले आगामी आर्थिक वर्ष महत्वपूर्ण प्राचीन स्मारक, ऐतिहासिक कोट, गढी, किल्ला, धार्मिक, सांस्कृतिक सम्पदा एवं पुरातात्त्विक र पर्यटकीय स्थलको महत्वको आधारमा वर्गीकरण र स्रोत परिचालनमा प्राथमिकीकरण गर्दै पूर्वाधार विकास सहित संरक्षण, प्रवर्धन, अन्वेषण तथा अनुसन्धान गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न ४ करोड बजेट विनियोजन गरेको छ ।
यस्ता छन् पर्यटन क्षेत्रका मुख्य कार्यक्रम