
भैरहवा विमानस्थलको हवाई मार्गका विषयमा भारत सरकारसँग छलफल सकारात्मक रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताउनुभएको छ ।
अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा मंगलबार लुम्बिनीमा आयोजित ‘शान्ति र सद्भावका लागि योग अभ्यास’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले हवाई मार्गका विषयमा भारत सरकारसँग छलफल सकारात्मक रहेको बताउनुभएको हो ।
उनले महर्षि पतञ्जलीले वैज्ञानिकरूपमा सूत्रबद्ध गरे पनि यसका लागि धेरै ऋषिमुनिले योगदान दिएका र त्यसमध्येमा गौतमबुद्धको नाम अग्रपङ्क्तिमा आउने बताउदै रामबिना नेपाल र सीता बिनाभारत अपूर्ण हुने पनि स्पष्ट पारे ।