हवाई टिकट महँगो भएको भन्दै नाट्टाले अर्थमन्त्री डा प्रकाशशरण महतलाई ध्यानाकर्षण गराएको छ ।
बुधबार नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को टोलीले अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर हवाई टिकटमा भ्याट लगाउँदा महँगो हुने भन्दै उक्त निर्णय फिर्ता लिन माग गरेको छ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीमा हवाई टिकटलाई समावेश गरेसँगै हवाई यात्रा थप महँगो हुने भए पछि नाट्टाले फिर्ता लिन माग गरिरहेको छ ।
नाट्टामा आवद्ध व्यवसायीहरुले हवाई टिकटका भ्याट लगाउँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर महँगो हुनेभएकाले पर्यटक आवागमन नै घट्ने र नेपालका ट्राभल एजेन्सीले जारी गर्ने टिकट महँगो हुने र अनलाइन तथा विदेशबाट टिकट लिँदा सस्तो पर्ने भएकाले धेरै टिकट विदेशबाट लिनेहुँदा विदेशी मुद्रा आर्जन गुम्नुे बताएका छन् ।
घट्यो हवाई भाडा
नेपाल आयल निगमले मंगलबार राती १२ बजेदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य घटाए पछि हवाई भाडा समेत घटेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम गरेको छ । निगमले आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनको मूल्य घटाएर १५० रुपैयाँ कायम गरे पछि हवाई भाडा घटेका हो ।
प्राधिकरणले सार्वजनिक गरेको नयाँ भाडादर अनुसार छोटो दुरीमा रहेको काठमाडौंबाट सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटाएको छ ।