२०८० असार ९, शनिबार | २०८१ माघ ४ | [email protected]

नेपालगञ्ज उपमहानगरपालिकाको नीति तथा कार्यक्रम – होटल परिसरमा सार्वजनिक शौचालय निर्माण गर्ने, बजेट १ अर्ब ६७ करोड

२०८० असार ९, शनिबार

नेपालगञ्ज उप-महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट शनिबार सार्वजनिक गरेको छ ।

पालिकाको १३औँ नगरसभाको अधिवेशनमा नगर प्रमुख प्रशान्त बिष्टले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै होटल व्यवसायीको सहकार्यमा होटल परिसरमा सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ ।

प्रमुख बिष्टले पर्यटन पूर्वाधार तर्फ बागेश्वरी मन्दिरलाई थप व्यवस्थित र सौन्दर्यकरण बनाउनको लागि पूर्व तर्फको बागेश्वरी चिल्डेन पार्क निमार्ण गर्ने, वडा नम्बर २० मा रहेको राझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने बताउनुभयो ।

यस्तै पालिकाले धर्म संस्कृति तथा पर्यटन सम्वन्धि नीति लिएको छ । पालिकाले विद्यमान धार्मिक, सांस्कृतिक कृयाकलापको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने, विभिन्न धार्मिक समप्रदायको संस्कारका लागि आवश्यक पूर्वाधारको निर्माण गर्ने, धार्मिक तथा सास्कृतिक धरोहरको दीर्घकालिन संरक्षण र विभिन्न समुदायबीचको सद्भाव कायम गर्न उपयुक्त कार्यक्रमको तर्जमा गरि धार्मिक सहिष्णु र मानवमैत्री शहरमा रुान्तरण गर्ने, नेपालगञ्जको ऐतिहासिक कला संस्कृति झल्किने गरी वडा नम्बर २० मा प्रवेशद्धार स्थापना गर्ने नीति लिएको प्रमुख बिष्टले बताउनुभयो ।

बजेट १ अर्ब ६७ करोड

नेपालगञ्ज उप-महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १ अर्व ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रूपौयाँको अनुमानित बजेट पेश गरेको छ । नगर उप-प्रमुख कमरुद्दीन राईले १३औँ नगरसभाको अधिवेशनमा अनुमानित बजेट पेश गर्नुभएको हाे ।

प्रतिक्रिया

सम्बन्धित ख