
नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
मंगलबार पर्यटन बोर्डमा आयोजित अन्तर्क्रियामा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले आगामी आर्थिक वर्षमा बर्डले १ अर्ब ३० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको बताएका छन् ।
सिइओ रेग्मीले आर्थिक वर्षमा ८० प्रतिशत बजेटले अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गरिने र बाँकी रकम पर्यटन पूर्वाधारमा खर्चिने बोर्डको योजना रहेको बताए।