निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भूकम्प प्रभावित क्षेत्रमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
एयरले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा उद्धार तथा राहतको लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।
बुद्ध एयरले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड रुपैयाँ सहयोग दिने निर्णय गरेको जनाएको हो। साथै, बुद्ध एयरले उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि प्रतिबद्धता व्यक्त गरेको छ।
शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियाे ।