सोलुखुम्बु । सोलुखुम्बुको मेरापिक क्षेत्रमा एक नेपाली गाइडको लेक लागेर निधन भएको छ ।
नुवाकोटका २८ वर्षीय सुशान्त बोगटीको हाइक्याम पुगेर फर्कने क्रममा खारे स्थित स्नोल्याण्ड होटलमा बुधबार राति निधन भएको प्रहरीले जनाएको छ ।
बोगटी ब्रिज एडभान्चर कम्पनी मार्फत साइप्रसका नागरिक लिएर मेरापिक हाइक्याम पुगेका थिए ।