२०८० पुष १२, बिहीबार | २०८१ चैत्र ७ | [email protected]

होमस्टेको अनुभव लिन पुग्नै पर्ने ठाउँ ‘ताङ्तिङ गाउँ’

२०८० पुष १२, बिहीबार

प्रविण तुलाचन,
पोखरा । ग्रामीण सँस्कृति र गुरुङ जिवनशैली नजिकबाट बुझ्न ताङ्तिङ सामुदायिक होमस्टे पुग्नैपर्छ। गण्डकी प्रदेशको मादी गाउँपालिका २ कास्कीको पहाडी गाउँ (१६६० ) मिटर यसको पूर्वमा लमजुङ जिल्लाको क्होलासोथर र मस्यार्डदी गाउँ पालिका पर्छन्।

ताङ्तिङमा २०० घर छन्। प्रकृति र सँस्कृतिको संगम ताङ्तिङ आकर्षक छ।ताङ्तिङको फेदीबाट मादी नदि बग्छ। गाउँबाट अन्नपूर्ण चौथो अन्नपूर्ण दोस्रो र लमजुङ हिमाल छलङ्ग देखिन्छन्। हिमालको हिमपहिरो पनि देख्न सकिन्छ। पारिपट्टि सिक्लेस गाउँको सिरानमा हिमाल मुस्कुराउँदै गरेको देख्दा पर्यकको मनै लोभ्याउँछ ।

ताङ्तिङ होमस्टेमा बसेर अति सुन्दर रमणिय दृश्यको अवलोकन गर्न सकिन्छ।सुन्दर हिमश्रृङ्खला झुरूप्पै सुन्दर बस्ति अनि आत्मियता फराकिलो स्थानीय गाउँलेहरूले मनै जित्छन्। चाँदी झै टल्किने हिमाल र गाउँमा गरिको स्वागत सत्कारले गाउँमा आएका पर्यटकको मन लोभिन्छ । ताङ्तिङमा सधैं रमाइलो हुन्छ। सडक, विधालय, खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट स्तरिय होटल, होमस्टे र सरसफाई जस्ता आधारभूत सुविधाले सम्पन्न छ ताङ्तिङ गाउँ ।

ताङ्तिङ सामुदायिक होमस्टेकी संञ्चालिका तथा होमस्टेकी पूर्व अध्यक्ष समेत रहेकी पसमाया गुरुङ भन्छिन् होमस्टेको ब्रान्ड भनेको पाहुँनाको स्वागत सत्कार हो त्यो हामीले गाउँमा आउँने पाहुँनालाइ गर्ने गरेको बताउँछिन् ।

होमस्टेमा पाहुँनालाई लोकल खाने कुरा ढिँडो, लोकल कुखुराको मासु, सुकुटी, निगुरो, दुधुुमहीका साथै गाँउमै उब्जनी भएको तरकारी लगायतका परिकार खुवाँउछन। शहर बजारदेखि नजिकै हिमालयको काखमा रमाउँन र बस्न अति शुलभ दरमा ताङ्तिङहोमस्टे रहेको छ।

पोखराको अमरसिंह चोकबाट काँहुखोला हुँदै बसको दुई घण्टाको यात्रा पछि ताङ्तिङ पुगिन्छ। हालै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले र सार्वजनिक विदा लाई सदुपयोग गर्दै पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका कर्मचारीहरु ले ताङ्तिङ गाउँको भ्रमण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित ख