| २०८२ श्रावण १ | [email protected]

अन्नपूर्ण हेलिकप्टरले माग्यो ७ जना पाइलट

२०८२ असार १७, मंगलवार

अन्नपूर्ण हेलिकप्टर प्रालिले ७ जना पाइलट मागेको छ । अन्नपूर्ण हेलिकप्टरले एएस३५० सिरिज नामको हेलिकोप्टर उडानका लागि ७ जना पाइलट मागेको हो ।

उक्त हेलिकोप्टर सगरमाथा आधार शिविरसम्म उडानका लागि प्रयोग हुँदै आएको छ । कम्पनीका अनुसार इन्स्ट्रक्टर पाइलट २ जना, पाइलट (क्याप्टन) ३ जना र ट्रेनी (प्रशिक्षार्थी) पाइलट २ जना गरी ७ जना पाइलटका लागि आवेदन खुलाएको हो।

इन्स्ट्रक्टर पाइलटका लागि लाइसेन्स अनिवार्य र २ हजार घण्टाभन्दा बढी समयको उडान अनुभव भएको हुनुपर्नेछ । क्याप्टन पाइलटका लागि एएस३५० सिरिज हेलिकप्टर उडानका लागि लाइसेन्स, १ हजार २ सय घण्टा उडान अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै प्रशिक्षार्थी पाइलटका लागि पनि लाइसेन्स अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख