२०८० पुष २३, सोमबार | २०८१ कार्तिक २२ | ourtourismnews@gmail.com

बर्सेनि इन्धनमा ६२ लाख सक्ने बाँकेकाे डुडुवा गाउँपालिकामा पर्यटन शिर्षकमा बजेट नै छैन्

२०८० पुष २३, सोमबार

बर्सेनि इन्धनमा ६२ लाख सक्ने बाँकेकाे डुडुवा गाउँपालिकामा पर्यटन शिर्षकमा बजेट नै छैन्

बाँके । बाँकेको डुडुवा गाउँपालिको कार्यालयले इन्धनमा मात्रै गत आर्थिक बर्षमा झण्डै ६२ लाख रकम खर्च गरेको पाईएको छ।

स्रोतका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७९ \०८० मा मात्रै कार्यालय प्रयोजन, पदाधिकारी र अन्य प्रयोजनको शिर्षक राखि पेट्रोल र डिजल प्रयोगमा मात्रै बार्षिक ६१ लाख ६१ हजार ८२२ रुपैयाँ खर्च गरेको पाईएको हो।

पालिकाले इन्धन खर्चमा चरम दुरुपयोग गरेको पाईएको छ । इन्धनमा भएको खर्च विवरण मासिक वितरण प्रणालीअनुसार रहे पनि गाउँपालिकामा रहेका सवारीसाधनहरूमा विभिन्न समयमा प्रयोग भएको इन्धन खर्चको लगबुक नराखेको अवस्था छ। पालिकाले इन्धन खर्चको मापदण्ड नबनाई खर्च लेख्दा इन्धनमा व्यापक अनियमितता भएको देखिन्छ ।
गाउँपालिका कार्यालयमा पालिका अध्यक्षदेखि कार्यालय सहयोयीसम्मले आफ्नो सुविधाअनुसार इन्धनको खपत गर्दै आएका छन् ।

इन्धन भुक्तानीको विवरण हेर्दा भारतीय नम्बर प्लेटका गाडीदेखि निजी नम्बर प्लेटका गाडीहरूमा इन्धनको नाममा पेश भएको बिलअनुसार भुक्तानी गरिएको छ । साभार खबर नेपालगञ्ज

प्रतिक्रिया

सम्बन्धित ख